डोटी । डोटीको पूर्वी चौकी गाउँपालिका–७ पोखरीमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
सोमबार स्थानीय तिनट्टे भन्ने ठाउँमा से १ त ७८३९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा गौरीगङ्गा नगरपालिका–४ कैलाली घर भएका ट्याक्टर चालक ज्ञानबहादुर चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
दुर्घटनामा अछामको चौर पाटी गाउँपालिका–३ का नरबहादुर भुल घाइते भएका छन् र उनको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।
ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ ।