युक्रेनी वार्ता टोली टर्की पुग्यो, आज रुसी टोलीसँग वार्ता हुँदै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

युक्रेनी वार्ता टोली टर्की पुग्यो, आज रुसी टोलीसँग वार्ता हुँदै


१५ चैत्र २०७८, मंगलबार


काठमाडौँ । वार्ताका लागि युक्रेनी टोली टर्कीको राजधानी स्तानबुल पुगेको छ। युक्रेन र रुसको वार्ता टोलीबिच मङ्गलवार स्तानबुलमा वार्ता हुँदैछ ।

युक्रेनी वार्ता टोलीको नेतृत्व रक्षामन्त्री ओलेक्सी रेज्निकोभले गरेका छन् । यस्तै राष्ट्रपति कार्यालयका प्रमुख मिखाइल पोडोल्याक पनि वार्ता टोलीमा छन् ।

दुई हप्ता भन्दा लामो समयपछि युक्रेन र रुसको टोलीबिच पहिलो पटक भौतिक उपस्थितिमा वार्ता हुन लागेको हो । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानको आतिथ्यतामा वार्ता हुन लागेको हो । वार्ता नेपाली समय अनुसार दिउँसो १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

वार्तामा रुसले युक्रेनसँग उ नेटोमा सामेल हुने मनसाय त्याग्न माग गर्ने बताइएको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले नेटोमा सामेल हुने नहुने बारे सोच्न सकिने बताएका छन् ।

यस्तै वार्तामा रुसी समर्थन पाएका पृथकतावादीको कब्जामा रहेको क्राइमियासहितका स्थानलाई औपचारिक रुपमा विभाजित भएको घोषणा गर्न रुसले माग गर्दै आएको छ । त्यसबारे पनि वार्तामा छलफल हुने जनाइएको छ ।

रुसले युक्रेनमा गएको फेब्रुअरी २४ देखि आक्रमण गर्दै आएका छ। दुई देशबिच अहिलेसम्म भएका वार्तामा ठोस सहमति भएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस