२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राखेर व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम अघि बढाउन निर्देशन दिएका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको उद्योग, बाणिञ्य तथा आपूर्ति मन्त्रालयको मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा निर्देशन दिँदै प्रधानमन्त्री देउवाले व्यापार घाटा घटाउने गरी कार्यक्रम बनाउन निर्देशन दिएका हुन् ।

उनले भने, ‘हाम्रो व्यापार घाटा चिन्ताजनक अवस्थामा देखिएको छ, अब तपाईँहरूले व्यापार घाटा घटाउने गरी नीति तथा कार्यक्रम तय गरेर अघि बढ्नुहोस् ।’

प्रधानमन्त्री देउवाले अर्थतन्त्रलाई आत्मनिर्भर हुने गरी सम्भावना भएका क्षेत्रमा लगानी बढाउने गरी अघि बढ्न पनि निर्देशन दिएका छन् । उनले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने गरी मन्त्रालय र सरकारका कार्यलयहरुले नीति तय गर्न पनि निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाले व्यापार घाटा घटाउन विद्युत्को खपत बढाउने पर्ने भन्दै विद्युतीय सवारी साधना, विद्युतीय चुलो लगायतको प्रयाग बढाउन पनि निर्देशन दिए । उनले भने, ‘हाम्रो प्रचुर सम्भावना रहेको क्षेत्र जलस्रोत हो । अब हामीले पेट्रोलियम पदार्थ खरिदमा जाने ठुलो रकम कम गर्न पनि विद्युतीय सवारी साधना प्रयोग गर्ने र विद्युत्को खपत बढाउनु पर्छ ।’

कार्यक्रममा वाणिज्य मन्त्रालयका साथै राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालय लगायतका प्रतिनिधिहरू पनि सहभागी थिए । हाल उद्योग तथा वाणिज्य मन्त्री नभएका कारण सो मन्त्रालय समेत प्रधानमन्त्री मातहत नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस