२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँमा शक्ति प्रदर्शन गर्दै राप्रपा

अ+ अ-

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यही चैत २५ गते काठमाडौँको खुलामञ्चमा आमसभा गर्ने भएको छ । आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै राप्रपाले राजधानीमा आमसभा गर्न लागेको हो ।

पार्टीको बागमती प्रदेश समितिको आयोजनामा हुने आमसभा राप्रपाको शक्ति प्रदर्शनको रूपमा रहने पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।

आमसभालाई भव्य र व्यवस्थित बनाउन प्रदेश अध्यक्ष विक्रम बहादुर थापाको संयोजकत्वमा ५५५ सदस्यीय आयोजक समिति गठन गरिएको उनले जानकारी दिए । समितिमा काठमाडौं, ललितपुर र भक्तपुरका अध्यक्षहरू सहसंयोजक र केन्द्रीय सदस्य आशा लामा सदस्य सचिव रहेका छन् ।

समितिमा बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका अध्यक्षहरू, बागमती प्रदेश कार्यसमितिका पदाधिकारी, सदस्यहरू, प्रदेश भित्रका भातृ सङ्गठनका केन्द्रीय तथा जिल्ला समितिका पदाधिकारी, सदस्यहरू, प्रतिनिधि सभा, प्रदेश सभा, महानगर, नगर र गाउँपालिकाका अध्यक्षहरू पनि रहेका छन् ।

आमसभालाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न उपसमिति पनि गठन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । उपाध्यक्षहरू ध्रुव बहादुर प्रधान, रोशन कार्की र हेम जङ्ग गुरुङको उपस्थितिमा आइतबार मूल समितिको पहिलो तयारी बैठक बसेको थियो । सो बैठकले काठमाडौंमा हुने सभालाई विशाल बनाउन आवश्यक तयारी गर्ने निर्णय गरेको थियो ।

गत मङ्सिर मा सम्पन्न महाधिवेशनबाट पार्टी अध्यक्षमा राजेन्द्र लिङ्देन चुनिएपछि राप्रपाले हाल देशभर ठुला, मझौला र साना सभाहरू गरिरहेको छ । फागुनबाट सुरु भएको देश दौडाहाको क्रममा उनले ४० भन्दा बढी सभालाई सम्बोधन गरिसकेका छन् ।

आइतबार मात्रै काठमाडौं, भक्तपुर र ललितपुरमा आयोजित छुट्टाछुट्टै तीन वटा सभालाई सम्बोधन गरेका लिङ्देन सोमबार सुनसरीको चक्रघट्टीमा हुने सभामा सहभागी हुन त्यसतर्फ लागेका छन् ।

प्रतिक्रिया दिनुहोस