राष्ट्र बैङ्कका दुई कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

राष्ट्र बैङ्कका दुई कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर


६ चैत्र २०७८, आइतबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका दुई कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर गरिएको छ ।

बैङ्क तथा वित्तीय संस्था नियमन विभाग प्रमुखको जिम्मेवारीमा रहेका कार्यकारी निर्देशक देवकुमार ढकालको बैङ्क सुपरिवेक्षण विभागमा सरुवा गरिएको छ भने सुपरिवेक्षण विभाग प्रमुखको जिम्मेवारीमा रहेका डा. गुणाकर भट्टलाई नियमन विभागको जिम्मेवारी दिइएको छ ।

बैङ्क सुपरिवेक्षण विभागले ‘क’ वर्गका बैङ्कहरूको मात्रै सुपरिवेक्षण गर्छ भने नियमन विभागलाई क, ख, ग र घ चारै वर्गका बैङ्क तथा वित्तीय संस्थाको नियमन गर्ने अधिकार छ ।

Tags :
प्रतिक्रिया दिनुहोस