काँग्रेसले चैत ११ गते बोलायो केन्द्रीय कार्यसमिति बैठक « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

काँग्रेसले चैत ११ गते बोलायो केन्द्रीय कार्यसमिति बैठक


५ चैत्र २०७८, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।

यही चैत ११ गते दिउँसो २ बजे पार्टी कार्यालय ललितपुरमा बैठक बोलाइएको प्रेस विज्ञप्तिमार्फत जानकारी दिइएको हो।

उक्त बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा स्थानीय तह निर्वाचनको तयारी एवं घर–घर जाऔँ, काँग्रेस जिताऔँ अभियानको प्रारम्भिक समीक्षा गर्ने, संसदीय समिति गठन गर्ने लगायत विषयमा छलफल हुने जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस