आयल निगमको कार्यकारी निर्देशकका लागि तीन जनाको नाम सिफारिस « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

आयल निगमको कार्यकारी निर्देशकका लागि तीन जनाको नाम सिफारिस


२६ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ । नेपाल आयल निगममा रिक्त कार्यकारी निर्देशक पदका लागि तीन जनाको नाम सिफारिस भएको छ ।

कार्यकारी निर्देशक छनोट समितिको बैठकले गोरखाका चण्डिकाप्रसाद भट्ट, तेह्रथुमका जीवनप्रकाश सिटौला र सुर्खेतका उमेशप्रसाद थानीको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको हो ।

उक्त पदका लागि आवेदन दिएका १६ उम्मेदवार मध्ये एक जना प्रतिस्पर्धाबाटै बाहिरीएका थिए । बाँकी रहेका १५ आवेदक सहभागी प्रतिस्पर्धामा सबै भन्दा बढी अङ्क प्राप्त गर्ने तीन सदस्यको नाम वर्णानुक्रमअनुसार सिफारिस गरिएको छनोट समितिले जनाएको छ । सिफारिसको पहिलो नम्बरमा रहेका भट्ट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको निकाय विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) का कार्यकारी निर्देशक हुन् ।

सिटौला यसअघि उद्योग विभागको महानिर्देशक थिए । विभागबाट पुनर्निर्माण प्राधिकरणमा सरुवा भएपछि उनी सहसचिवबाटै सेवा निवृत्त भएका थिए ।

सिफारिसको अन्तिममा रहेका थानी यसअघि विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्य थिए । निगममा नेतृत्वका लागि उनले आवेदन गरेपछि थानीको योग्यताबारे सार्वजनिक रूपमा प्रश्न उठेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस