२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जलवायु परिवर्तन न्यूनीकरण नीति सरकारको प्राथमिकतामा : प्रधानमन्त्री देउवा

अ+ अ-

सोलुखुम्बु । प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने नीति सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा ‘साथसाथै’ संस्थाको मुख्य आयोजनामा आज यहाँ आयोजित विशेष कार्यक्रमलाई शुभकामना दिँदै उनले जलवायु परिवर्तनले विभिन्न विपद् निम्त्याएको अवस्थामा नेपाल सरकारले जलवायु परिवर्तनका असर नियन्त्रणका लागि सरकारले विभिन्न कार्यक्रम अघि बढाएको उल्लेख गरेका हुन् ।

प्रधानमन्त्री देउवाले भने, ‘विश्व तापमानमा आएको वृद्धिले हाम्रा हिमाल पग्लिँदै गएका छन्, बेमौसमी वर्षाजस्ता विपद्ले कृषि र जनजीवनमा ठुलो क्षति पुर्‍याएको छ, हामीले यी सबै समस्याका बारेमा हालै जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा पनि आवाज बुलन्द गरेका छौँ, यसको समाधानमा सबैको प्रयत्न आवश्यक छ ।’

उनले सरकारले सबै मन्त्रालयगत नीतिमा पनि जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनका कार्यक्रमलाई प्राथमिकतामा राखेको जानकारी दिँदै सरकारको यस प्रयासमा ‘साथसाथै’को प्रयास पनि प्रशंसनीय रहेको उल्लेख गरे ।

मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा ‘साथसाथै’ संस्थाको आयोजना एवं वन तथा वातावरण मन्त्रालय र विभिन्न अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा काला पत्थरमा विशेष कार्यक्रम गरिएको हो ।विश्वको अग्लो हिमाल सगरमाथाको काला पत्थर क्षेत्रबाट जलवायु परिवर्तनका असरबारे विश्वको ध्यानाकर्षण गराउन १० बुँदे घोषणापत्र जारी गरिएको छ । समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित ४० जना महिलाको समूहले काठमाडौँदेखि १३ दिने पदयात्रा सुरु गरी काला पत्थर क्षेत्रमा विशेष कार्यक्रम गरेर सो घोषणापत्र जारी गरिएको छ।

‘साथसाथै’का अध्यक्ष प्रजिता कार्कीले जलवायु परिवर्तनले बढी प्रभावित क्षेत्र हिमालयको काला पत्थरमा जलवायु परिवर्तन र महिला न्यायका विषयमा सरोकारवाला निकाय, वातावरणविद्, अनुसन्धानकर्तालगायत विश्वको ध्यानाकर्षण गराउन अभियान प्रारम्भ गरिएको जानकारी दिए ।

‘वुमन युनाइटेड फर क्लाइमेट जस्टिस’ मूल नाराका साथ प्रारम्भ गरिएको अभियानका क्रममा जलवायु परिवर्तनले विशेष गरी महिलाको जनजीवनमा पारेका प्रभाव र त्यसमा न्याय खोज्न हुनुपर्ने पहलका बारेमा समेत पहल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस