बागमती प्रदेश सभा बैठक साढे दुई महिनापछि बोलाइयो « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

बागमती प्रदेश सभा बैठक साढे दुई महिनापछि बोलाइयो


१९ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ । लामो समयपछि बागमती प्रदेश सभा बैठक बस्न लागेको छ। गत पुसमा बैठक गरेर स्थगित गरिएपछि अर्को बैठक बोलाइएको थिएन।

प्रदेश सभा सचिवालयका अनुसार अब फागुन २९ मा प्रदेश सभा बैठक बस्ने तयारी छ। सचिवालयले बुधवार जारी गरेको सूचनामा फागुन २९ मा प्रदेश सभा बैठक बोलाइएको उल्लेख छ।

फागुन १६ का लागि प्रदेश सभा बैठक बोलाइए पनि स्थगित गरिएको थियो। प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले साढे दुई महिनादेखि बस्न नसकेको प्रदेश सभा बैठक आह्वान गरिएको बताए। यसअघि गत पुस ८ मा प्रदेश सभा बैठक बसेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस