२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालका लागि मोरिससका राजदूतलाई सम्मान

अ+ अ-

काठमाडौँ । नेपालका लागि मोरिससका नवनियुक्त राजदूत शान्ति वाइ हनुमानजीलाई नेपाल–मोरिसस विजनेस काउन्सिलले सम्मान गरेको छ ।

सम्मान गर्न बुधबार आयोजित कार्यक्रममा पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले हनुमानजीको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरिन् । कार्यक्रममा नेपालका लागि मोरिससका महावाणिज्यदूत गणेश कार्की, काउन्सिलका अध्यक्ष बटु लामिछानेलगायतले राजदूत हनुमानजीलाई नेपाली सामानका उपहारसहित सम्मान गरे ।

छ सदस्यीय प्रमण्डलको नेतृत्व गर्दै छदिने भ्रमणका लागि गत शुक्रबार काठमाडौँ आउनुभएकी राजदूत हनुमानजीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुका साथै शिष्टाचार भेट गरेकी थिइन् । हनुमानजी मोरिससकी प्रतिनिधिसभाका पूर्वसभामुखसमेत हुन् ।

सो अवसरमा राजदूत हनुमानजीले मोरिससमा नेपालीका लागि व्यापारिक र सांस्कृतिक आदान प्रदानका अवसरबारे उल्लेख गर्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ गराउन आफूले भूमिका निर्वाह गर्ने बताईन् । उनले दुई देशबीचको व्यापारिक सम्बन्ध वृद्धि र पर्यटन प्रवद्र्धन अवसरका रुपमा यसलाई लिनुपर्ने बताईन् । भारतको नयाँ दिल्लीस्थित आवासीय राजदूत हनुमानजीले भ्रमणका अवसरमा परराष्ट्रमन्त्री डा.नारायण खड्का, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग अलगअलग भेटवार्ता गरेकी थिईन् ।

भ्रमण टोलीले महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शन गरेको थियो भने त्यसअघि पोखरा र अन्नपूर्ण हिमालको दृष्यावलोकन गरेको थियो ।