ओलीसँग निर्णायक वार्ताअघि काँग्रेस नेताहरू आन्तरिक छलफलमा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

ओलीसँग निर्णायक वार्ताअघि काँग्रेस नेताहरू आन्तरिक छलफलमा


१४ फाल्गुन २०७८, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसका नेताहरू एमसीसीको विषयलाई लिएर आज पनि आन्तरिक छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेगरमा काँग्रेस नेताहरूबिच छलफल सुरु हुँदै छ । बैठकमा सहभागी हुन काँग्रेस नेताहरू बालुवाटार पुग्ने क्रम जारी छ ।

प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेताहरू बैठकमा सहभागी हुँदैछन् ।

आजै ३ बजे काँग्रेस नेताहरू नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग एमसीसीका विषयमा  निर्णायक वार्ता गर्न बालकोट जाने कार्यक्रम रहेको छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस