सुर्खेत । सुर्खेतको हर्रेमा मोटरसाइकल दुर्घटनामा परि दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा भेरीगंगा नगरपालिका– १० का २० वर्षीय रविन सिंजाली र सोही ठाउँका १७ वर्षीय योगेश बुढा रहेको प्रहरीले जनाएको छ ।
छिन्चुबाट कोहलपुरतर्फ जाँदै गरेको लु ८० प ८४९३ नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।
घटना शुक्रबार साँझै भएपनि उनीहरूको शव शनिबार मात्र फेला परेको हो । मोटरसाइकल रत्न राजमार्गदेखि झण्डै दुईसय मिटर तल खसेको देखिन्छ ।