अमेरिका र युक्रेनका राष्ट्रपतिबीच फोनवार्ता « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अमेरिका र युक्रेनका राष्ट्रपतिबीच फोनवार्ता


२ फाल्गुन २०७८, सोमबार


किभ । अमेरिकाका राष्ट्रपति जो बाइडेन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका बीचमा फोनमा वार्ता भएको छ ।

युक्रेनमा पछिल्लो समयमा देखिएको सुरक्षा अवस्थाका बारेमा उनीहरुका बीचमा आइतबार फोनवार्ता भएको समाचारमा जनाइएको छ ।

यस विषयमा कुराकानी गर्नका लागि अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनी राष्ट्रपति जेलेन्स्किीलाई फोन गरेको ह्वाइट हाउसले जानकारी दिएको छ ।

रुसका कारण यतिबेला युक्रेनमा सुरक्षा खतराको अवस्था देखिएको बताइएको छ । अमेरिकाले रुसले जुनसुकै बेला पनि युक्रेनमाथि हवाई बमबारी गरेर हमला सुरु गर्न सक्ने जनाएको छ ।

यही कारण दर्साएर एक दर्जनभन्दा धेरै देशले त्यहाँबाट आफ्ना नागरिकलाई घर फर्कन आग्रह गरेका साथै आफ्ना दूतावासका कर्मचारीलाई फिर्ता लगेका छन् ।

समाचार स्रोतहरुले अमेरिकाले किभबाट आउँदो ४८ घण्टामा आफ्ना सबै कर्मचारीलाई फिर्ता लैजाने तयारी गरिरहेको जनाएका छन् । तर सो समाचारको स्वतन्त्र रुपमा पुष्टि हुन भने सकेको छैन ।

यसअघि देखि नै अमेरिका, बेलायतलगायतका कतिपय पश्चिमा देशहरुले पनि युक्रेनबाट आफ्ना कर्मचारीहरु फिर्ता लगेका छन् । उता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने रुसी हमलाको योजनाबारे आफूले कुनै प्रमाण नदेखेको बताएको पनि समाचारमा जनाइएको छ ।

आइतबार भएको दुई देशका राष्ट्रपतिबीचको फोनामा युक्रेनको सुरक्षाका विषयमा कुराकानी भएको ह्वाइट हाउसले जानकारी दिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस