२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बर्दिया राष्ट्रिय निकुञ्जलाई वन्यजन्तुमैत्री बनाइने

अ+ अ-

बर्दिया । निकुञ्ज, मध्यवर्ती क्षेत्र र जैविकमार्गमा निर्माण गरिने भौतिक संरचनाको डिजाइन तयार गर्दा वन्यजन्तुको निर्वाध आवागमनमा प्रतिकूल असर नपर्ने र वैकल्पिक उपायको सुनिश्चितता गर्ने व्यवस्था मिलाउने विषयमा बर्दिया राष्ट्रिय निकुञ्जमा आयोजना गरिएको वन्यजन्तुमैत्री भौतिक पूर्वाधार निर्माणसम्बन्धी आइतबार यहाँ आयोजित कार्याशाला गोष्ठीमा छलफल भएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्र तथा जैविक मार्गमा वन, वन्यजन्तु र प्राकृतिक सम्पदा संरक्षणका लागि सहभागी सरोकारवाला निकायबीच समन्वय र सहकार्यलाई निरन्तरता दिँदै निकुञ्जभित्र पर्ने पूर्व पश्चिम राजमार्गमा चल्ने सवारीसाधनको ठक्करबाट वन्यजन्तु मारिने घटना नियन्त्रणका लागि निकुञ्जभित्रको राजमार्गमा ४० किमी प्रतिघन्टाभन्दा बढी गतिमा गाडी चलाउन नमिल्ने गरी ठाउँ ठाउँमा स्पीड ब्रेकर निर्माण गर्ने गोष्ठीमा सुझाव दिइएको थियो ।

निकुञ्जको बबई उपत्यका र पूर्व पश्चिम राजमार्गको अम्रेनी कर्णाली तथा सैनावार रम्भापुर खण्डमा नेपाल टेलिकमको नेटवर्कले काम नगर्ने भएकाले निकुञ्जको संरक्षण, सूचना आदानप्रदानमा समेत समस्या रहेको हुँदा नेपाल टेलिकमबाट ती क्षेत्रमा सहज सुविधा उपलब्ध गराउन प्राथमिकताका साथ ब्यवस्था मिलाउने र यस किसिमको समन्वय र सहकार्यलाई निरन्तरता दिनका लागि समय समयमा समन्वय बैठक आयोजना गर्ने जानकारी गराइएको थियो । रासस

प्रतिक्रिया दिनुहोस