काठमाडौँ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ ।
प्रतिष्ठानका सह प्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार उदयपुरको गाईघाट–१२ का २८ वर्षीय पुरुषको हिजो (बिहीबार) साँझ मृत्यु भएको हो ।
माघ १४ गते कोरोना सङ्क्रमण पुष्टि भएका ती व्यक्तिले कोभिड–१९ विरुद्धको १ डोज मात्र खोप लगाएको पाइएको उनले बताए ।
सङ्क्रमण पुष्टि भएसँगै उनलाई उपचारका लागि प्रतिष्ठानमा भर्ना गरिएको थियो ।