सहसचिव बढुवा सिफारिससहित उपसचिव नियुक्ति तथा पदस्थापन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सहसचिव बढुवा सिफारिससहित उपसचिव नियुक्ति तथा पदस्थापन


१४ माघ २०७८, शुक्रबार


काठमाडौँ । न्याय सेवा आयोगले केही सहसचिवहरूमा बढुवा सिफारिस गर्नुका साथै उपसचिवहरूको नियुक्ति तथा पदस्थापन गरेको छ ।

आयोगका अध्यक्ष तथा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकले न्याय समूहतर्फ भुवन गिरी, जगदीशप्रसाद भट्ट, सरकारी वकिल समूहमा हिमालयकुमार त्रिताल, यदुनाथ शर्मा, कोषहरि निरौला र कृष्णराज पन्त त्यस्तै कानुन समूहतर्फ शम्भुराज रेग्मीलाई सहसचिवमा बढुवा गर्ने निर्णय गरेको हो।

उपसचिवमा न्याय समूहबाट हरिप्रसाद रेग्मी, सदन अधिकारी, निरज पोखरेल र कृष्णप्रसाद अधिकारी, कानुन समूहबाट उत्तमप्रसाद खरेल, सरकारी वकिल समूहबाट उत्तम श्रेष्ठ, जनकप्रसाद घिमिरे र धर्मराज जोशीलाई उपसचिव बढुवा गर्ने निर्णय गरेको छ।

यस्तै, न्याय समूहबाट भेषराज पौडेल, चेतराज पन्त, भेषराज कोइराला र विमल रेग्मीको बढुवा गर्ने निर्णय भएको छ। त्यस्तै, कानुन समूहबाट खिमानन्द ज्ञवाली, सरकारी वकिलबाट टेकराज अधिकारी, बद्रीकुमार कार्की र सन्तोषराज कटुवालको बढुवा भएको छ ।

आयोगको बैठकले सहसचिव र उपसचिवको विभिन्न सरकारी निकायमा पदस्थापना गर्ने निर्णय पनि गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस