काठमाडौँ । स्थानीय चुनावको मिति घोषणा गर्न निर्वाचन आयोग र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दबाब दिइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको छ ।
आज (शुक्रबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनका तीन शीर्ष नेताबिच चुनाव, ऐन संशोधन र समसामयिक राजनीतिका विषयमा छलफल भएको दाहालको सचिवालयले जनाएको छ ।