कर्णाली प्रदेश समन्वय परिषदको बैठक आज बस्दै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कर्णाली प्रदेश समन्वय परिषदको बैठक आज बस्दै


१३ माघ २०७८, बिहिबार


सुर्खेत । कर्णाली प्रदेश सरकारको प्रदेश समन्वय परिषदको बैठक आज (बिहीबार) बस्ने भएको छ । आज दिउँसो एक बजे सिद्धार्थ होटलमा परिषदको बैठक हुने मुख्यमन्त्री जीवनबहादुर शाहीले जानकारी दिए ।

‘सबै पालिकाका प्रमुख उपप्रमुख एवम् अध्यक्ष उपाध्यक्ष ज्यूहरु यहाँ आएको अवसर पारेर पालिकासँग विकास निर्माण तथा अन्य विषयमा छलफल गर्न यो बैठकको आव्हान गरेका हौँ,’ मुख्यमन्त्री शाहीले भने, ‘बैठकमा प्रदेशसभाका सदस्यहरु, ७९ वटै पालिकाका प्रतिनिधिहरुको सहभागिता हुनेछ ।’

बैठकमा कर्णालीको विकास निर्माणका लागि आवश्यक सुझाव सल्लाह लिने र दुवै तहका सरकारबीच थप सम्बन्ध प्रगाढ बनाउँदै विकास निर्माणमा तीव्र रुपमा ध्यान दिने गरी छलफल गरिने मुख्यमन्त्रीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस