२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्यकर्मीद्वारा प्रधानमन्त्री देउवालाई १४ बुँदे ज्ञापनपत्र

अ+ अ-

बनियानी । कोरोना भाइरसको तेस्रो लहर (ओमिक्रोन)को सङ्क्रमण बढिरहेका बेला झापाका स्वास्थ्यकर्मीले १४ बुँदे माग राख्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई आज ज्ञापनपत्र बुझाएका छन् ।

राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ झापाका अध्यक्ष भरत खतिवडाको नेतृत्वमा स्वास्थ्यकर्मीको टोलीले जिल्ला प्रशासन कार्यालय झापामार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन् ।

उनीहरुले आमिक्रोन भेरियन्ट समुदायस्तरमै तीव्ररूपमा फैलिइरहेकाले अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न र नियमित तथा महामारीसम्बन्धी स्वास्थ्य सेवा प्रदान गर्न सक्रियताका साथ सरकारी संयन्त्र परिचालन हुनुपर्ने माग गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई बुझाइएको ज्ञापनपत्रमा सरकारी, निजी, सामुदायिक र अध्ययन संस्थानमा कार्यरत सबै स्वास्थ्यकर्मी र कर्मचारीलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनुपर्ने, सो सुविधा उपलब्ध नगराउने संस्थालाई कारबाहीको दायरामा ल्याउनुपर्ने, अस्पताल र स्वास्थ्य संस्थामा काम गरिरहँदा सङ्क्रमित भएका सबै स्वास्थ्यकर्मीका लागि सुविधायुक्त आइसोलेसनको व्यवस्था गर्नुपर्ने, सङ्क्रमित स्वास्थ्यकर्मीको निःशुल्क उपचार गर्नुपर्ने, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा कार्यरत सबै कर्मचारीको यथाशीघ्र बीमाको व्यवस्था गरिनुपर्ने उल्लेख छ ।

सङ्घका केन्द्रीय सदस्य डम्मरबल्लभ मिश्रले सरकारले कोभिड–१९ महामारीमा खटिने स्वास्थ्यकर्मीलाई उपलब्ध गराउने भनेको जोखिम भत्ता हालसम्म पनि पूरा उपलब्ध नगराएको बताए । उनले भने, ‘सरकारले दिने भनेको सुविधा तुरुन्त उपलब्ध गराउनुपर्छ ।’