२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री देउवाद्धारा चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर वृद्धि हुने दाबी

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर वृद्धि हुने बताएका छन् । 

देशवासीको नाममा शुक्रवार सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विद्युत् उत्पादनमा भएको वृद्धि, आर्थिक एवम् सामाजिक क्रियाकलापमा भएको सुधार, निर्यातमा भएको बढोत्तरी, उच्च कर्जा प्रवाह र आयातमा भएको बढोत्तरीले आर्थिक वृद्धिदर गत वर्षको भन्दा वृद्धि हुने अनुमान रहेको बताएका हुन् ।

उनले यसअवधिमा मुद्रास्फ्रीति करिब ७.९९ प्रतिशतले बढेको बताएका छन् ।

प्रधानमन्त्री देउवाले बजेट कार्यान्वयनका सन्दर्भमा संयुक्त सरकारले प्राथमिकतामा राखेर ल्याएको साझा न्यूनतम कार्यक्रमको आधारमा बजेटलाई पुनरावलोकन गरी स्वीकृति तथा कार्यान्वयनमा ल्याइएको बताए । 

उनका अनुसार चालु आर्थिक वर्षमा ११ खर्ब ८० अर्ब राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा पुस मसान्तसम्म ५ खर्ब ७६ अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन भएको छ भने सरकारले ४ खर्ब ६ अर्ब ७८ करोड खर्च गरेको छ ।

प्रधानमन्त्री देउवाले संघीयता कार्यान्वयनलाई सुदृढ बनाउने लक्ष्यसहित सरकारले प्रदेश सरकारहरुलाई १ खर्ब ८९ अर्ब २४ करोड रुपैयाँ वित्तीय हस्तान्तरण गरेको बताए ।

प्रतिक्रिया दिनुहोस