यो साता नेप्से परिसूचक ७४ अंकले बढ्यो « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

यो साता नेप्से परिसूचक ७४ अंकले बढ्यो


७ माघ २०७८, शुक्रबार


काठमाडौँ । यो साता सेयर बजारको परिसूचक नेप्से ७४ अंकले बढेको छ ।

यो साता बजार बन्द हुँदा नेप्से २९३१ अंकमा अडिएको छ । अघिल्लो साता २८५७ अंकमा रहेर बन्द भएको थियो । समग्रमा यो साता नेप्सेको वृद्धिदर सुस्त रह्यो ।

साताको पहिलो दिन आइतबार परिसूचक ६९ अंकले बढेको थियो भने सोमबार २०‍.६४ अंकले थप उकालो लागेको थियो।

मङ्गलवार १०.७८ अङ्कले र बुधवार थप ३८.३५ अङ्क घट्यो । यद्यपि अन्तिम कारोबार हुने दिन बिहीबार ३३ अङ्कको वृद्धिपछि नेप्से २९३१ अंकमा पुगेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस