अभिनेत्री रेखाको वैशाखमा बिहे « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अभिनेत्री रेखाको वैशाखमा बिहे


६ माघ २०७८, बिहिबार


काठमाडौँ । अभिनेत्री रेखा थापा आउँदो वैशाख महिनामा बिहे गर्ने भएकी छिन् ।

चलचित्र ‘हिरो’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी रेखाले त्यसपछिको समयमा भने एकछत्र यो क्षेत्रमा राज गरिन् ।

चलचित्र ‘हिम्मत, किस्मत, हिफाजत, अन्दाज, कसले चोर्‍यो मेरो मन, काली, हिम्मत वाली, दुर्गा’ जस्ता चलचित्रलाई उनले आफ्नै स्टारडमको बलमा हिट बनाइन् । नायकले नायिका जन्माउने यो क्षेत्रमा रेखाले भने नायकहरूलाई जन्माइन् ।

रेखाको बिहे निर्माता छविराज ओझासँग भएको थियो । छविसँग एक दशक वैवाहिक जीवनमा बाँधिएकी रेखा एक दशक अगाडि छुटिएर मित्रपार्कको अपार्टमेन्टमा बस्दै आएकी छन् ।

रेखा केही समयदेखि एक युवकको प्रेम सम्बन्धमा छिन् । उनी, आफ्ना प्रेमीसँग नै विवाह गर्न लागेको बुझिएको छ । उनी कुनै तामझाम नगरी सामान्य तरिकाले बिहे गर्ने सोचमा छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस