नोबेल मेडिकल कलेजका विद्यार्थी सरकारलाई दबाब दिन आए काठमाडौँ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नोबेल मेडिकल कलेजका विद्यार्थी सरकारलाई दबाब दिन आए काठमाडौँ


५ माघ २०७८, बुधबार


काठमाडौँ । नोबेल मेडिकल कलेजका पीडित विद्यार्थीहरु सरकारलाई दबाब दिन काठमाडौँ आएका छन् ।

नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क फिर्ता नगरेको भन्दै पीडित विद्यार्थी काठमाडौँ आएका हुन् । उनीहरुले चिकित्सा शिक्षा आयोगमा धर्ना दिने भएका छन् ।

चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक मनिष भट्टराइको नेतृत्वमा विद्यार्थीहरु काठमाडौँ आएका हुन् । शुल्क फिर्ता नहुँदासम्म आन्दोलन जारी बताएका छन् । यस्तै, काठमाडौँस्थित काठमाडौँ मेडिकल कलेजले पनि विद्यार्थीबाट ६ लाख रुपैयाँ बढी अतिरिक्त शुल्क लिएको छ ।

सरकारले अतिरिक्त शुल्क फिर्ता गर्न पटकपटक ताकेता गरेपनि नोबेल र काठमाडौँ मेडिकल कलेजले अटेर गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस