काठमाडौँ । सचिव शंकरप्रसाद खरेलले अनिवार्य अवकाश पाएका छन् ।
पुस ३० गते अर्थात् चार दिनअघि सचिव बढुवा भएका सचिव खरेल मङ्गलवार ५८ वर्षे उमेर हदका कारण अवकाशमा गएका हुन् ।
४ दिनका लागि मात्रै सचिव भएका उनी विभागीय सचिवसमेत हुन नपाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित अतिरिक्त समूहबाटै घर गएका हुन् ।
सम्बन्धित समाचार : खरेल सचिवमा बढुवा
दरबन्दी नै थपेर तेस्रो नम्बरबाट सचिव बनाएको उनको प्रशासन वृत्तमा विरोध भएको थियो । केही दिनका लागि मात्रै सचिव हुने खरेल एक्ला व्यक्ति भने होइनन्, महाश्रम शर्मा एक दिन र सूर्य प्रसाद आचार्य दुई-तीन दिनका लागि मात्रै सचिव बनेका उदाहरण पनि रहेको सिंहदरवार स्रोत बताउँछ ।
त्यसो त अबको सिफारिसमासमेत सोही नियति नदोहोरिएला भन्न नसकिने सिंहदरवार उच्च स्रोतको दाबी छ ।
सचिव बढुवा सिफारिस समितिले केही दिनभित्र पहिलो नम्बरमा रामेश्वर दंगाल, दोस्रो नम्बरमा मुकुन्द प्रसाद निरौला र तेस्रो नम्बरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव विनोद प्रकाश सिंहको नाम सिफारिस हुँदै छ ।