खरेल सचिवमा बढुवा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

खरेल सचिवमा बढुवा


३० पुस २०७८, शुक्रबार


काठमाडौँ । सरकारले सहसचिव शंकरप्रसाद खरेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

शुक्रवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले सचिव बढुवाका लागि सिफारिस गरेका मध्ये तेस्रो नम्बरमा रहेका लोक सेवा आयोगका सहसचिव खरेललाई मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेको हो ।

मंगलबार बसेको बढुवा समितिको बैठकले पहिलो नम्बरमा सहसचिव रामेश्वर दंगाल, दोस्रो नम्बरमा मुकुन्दप्रसाद निरौला र तेस्रो नम्बरमा शंकरप्रसाद खरेलको नाम सिफारिस गरेको थियो ।

सम्बन्धित समाचार : सचिवका लागि तीन सहसचिवको नाम सिफारिस

५८ वर्षे सेवा अवधिका कारण खरेल चार दिनपछि अर्थात् माघ ४ गते अनिवार्य अवकाशमा जाँदै छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस