२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बन्दीपुर र आँबुखैरेनीमा सुन्तलका बोट मरेपछि नयाँ क्षेत्र विस्तार

अ+ अ-

तनहुँ । सुन्तला पकेट क्षेत्रका रुपमा परिचित बन्दीपुर र आँबुखैरेनीमा सुन्तलाका बोट मर्दै जान थालेपछि अन्यत्र क्षेत्र विस्तार कार्य थालिएको छ ।

उक्त स्थानमा रहेका सुन्तलाको बोट मर्दै गएपछि कास्कीको नेपाल कृषि अनुसन्धान परिषद (नार्क) लुम्लेबाट आएको प्राविधिक टोलीले सुन्तला बोटको पिसिआर परीक्षण गर्दा भाइरस देखिएपछि नयाँ स्थानमा क्षेत्र विस्तार कार्य अघि बढाइएको हो ।

भाइरस देखिएका सुन्तलाका बिरुवा हटाएर स्वस्थ बोट मात्रै राखिएको कृषि ज्ञान केन्द्र तनहुँका कृषि प्रसार अधिकृत राजेश्वर सिलवालले जानकारी दिए । उक्त क्षेत्रमा लगाइएका सुन्तलामा दाना ठूला र रसिला हुने गरे पनि रोगले आक्रमण गर्न थालेपछि हटाउन लागिएको हो ।

सुन्तलाका बोट मर्दै गएपछि त्यस क्षेत्रका किसान चिन्तित भएका छन् । जिल्लाको अन्य पालिकाका सम्भावित स्थानमा क्षेत्र विस्तारको काम भइरहेको उनले बताए।

कार्यालयले यस वर्ष ऋषिङ गाउँपालिकाको दुबुङ र अर्चलादी र देवघाटको वडा नं ३ र ४ मा सुन्तला खेती थप गरेको छ ।

जिल्लाको व्यासनगरपालिका–१३ को बेनीकोट, शुक्ला–११ को नाम्सीकोट, म्याग्देको वडा नं १, २ र ३ सहित उमाचोक, आँबुखैरेनी–२ को बरादीमा सुन्तला ब्लक कार्यक्रम भइरहेको छ ।

कार्यक्रमअन्र्तगत बर्सेनि ब्लकले सुन्तलाका बिरुवा उत्पादनसहित क्षेत्र विस्तार गरी लगाएको हुनुपर्छ । उनले भने, ‘सुन्तलाको खेती विस्ताका लागि यस वर्ष रु १२ लाख ५० हजार बजेट विनियोजन भएको छ ।’

सहकारी तथा समूहले प्रस्ताव पेस गरेपछि ब्लकलाई आवश्यक पर्ने रोग नियन्त्रणका लागि औषधि, सिँचाइ, तालिम, आवश्यक कृषि औजार लगायतका सीप र सामग्री कृषि ज्ञान केन्द्र तनहुँले सहयोग गर्ने गर्दछ ।

एउटा सुन्तला ब्लकमा १०० देखि २५० सम्म सुन्तला किसानहरु आबद्ध रहेको कार्यालय प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस