२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जोखिम बढेकाले सबैमा खोपको पहुँच पुर्‍याउन कार्ड अनिवार्य

अ+ अ-

डोटी । जिल्लामा केही दिन यतादेखि कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्दै गएको छ । एकै हप्तामा जिल्लामा ३३ नयाँ सङ्क्रमित फेला परेका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले कोरोना विरुद्धको खोप अनिवार्य गरे पनि अधिकांशले उक्त खोप नलगाएको भन्दै नजिकैको स्वास्थ्य संस्थामा गएर खोप लगाउन स्थानीय प्रशासनले सबैमा आग्रह गरेको छ ।

सङ्क्रमण बढ्दै गएकाले यहाँका सरकारी कार्यालयको सेवा प्राप्त गर्न कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य साथमा राख्नुपर्ने भएको छ। गृह मन्त्रालयको निर्देशनअनुसार यही माघ ७ गतेदेखि सरकारी कार्यालयमा सेवा लिनका लागि पुग्ने नागरिकले अनिवार्य रुपमा खोपको पूर्ण मात्रा लगाएको कार्ड साथमा राख्नुपर्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले बताए ।

उनले भने, ‘जिल्लामा कोरोनाको जोखिम फेरी बढेको छ, यसबाट बचाउन तथा खोपमा सबैको पहुँच पुर्‍याउन खोप कार्ड अनिवार्य गरेका छौँ, खोप लगाएर मात्रै सेवा लिन आउनु होला ।’ छिमेकी मुलुक भारतबाट घर फर्किएका नागरिकको सङ्ख्या बढेसँगै जिल्लामा कोरोना सङ्क्रमणको जोखिम पनि एकाएक बढेको प्रजिअ विष्टको भनाइ थियो ।

यसै गरी यहाँका नौ वटै स्थानीय तहमा आइसोलेसन कक्षको व्यवस्था गर्न जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले आग्रह गरेको छ । भारतबाट घर फर्किरहेका नागरिक कोरोना जाँच नै नगरी सिधै गाउँ जाने गरेका कारण यहाँका सहर बजारभन्दा पनि गाउँमा कोरोनाको जोखिम बढ्ने देखिएको केआइसिंह गाउँपालिकाका तिलकबहादुुर रावलले बताए । उनले भने, ‘भारतबाट आउने दाजुभाइ जाँच बिना नै सिँधै गाउँ जान थालेका छन्, अब कोरोना गाउँबाट बढी फैलिने सम्भावना छ ।’

जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रहरी प्रशासनले निगरानी गरिरहे पनि खासै फलदायी हुन नसकेको स्थानीयवासीको आरोप छ । यहाँको प्रहरी प्रशासनले घर बाहिर वा सार्वजनिक स्थलमा जाँदा र सार्वजनिक यातायातका साधन प्रयोग गर्दा मास्कको प्रयोग अनिवार्य गर्न लगाउनाका साथै भौतिक दूरी कायमलगायत स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णपालना गर्न आह्वान गरे पनि यहाँका नागरिकले त्यसको खासै पालना नगरेको दिपायल सिलगढी नगरपालिका–४ का मदन बोगटीले बताए ।

उनले भने, ‘प्रहरीले दिनहुँ मास्क बाँडिरहेको छ तर प्रयोग कसैले गर्दैनन्, कोरोनाबाट बच्न सावधानी कसैले अपनाएका छैनन्, जिल्लामा कोरोनाको जोखिम बढेको छ ।’ जिल्लामा पछिल्लो एक हप्ता यतादेखि तीव्र रूपमा कोरोनाको सङ्क्रमण फैलिँदै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार एक हप्ताको अवधिमा जिल्लामा ३३ जनामा नयाँ सङ्क्रमण पुष्टि भएको हो । भारतबाट फर्किएका नागरिकमा कोरोना सङ्क्रमण बढी खिएको जिल्ला स्वास्थ्यका सूचना अधिकारी अमरसिंह भाटले बताए ।

उनले भने, ‘भारतबाट घर फर्किएका नागरिकमा कोरोना सङ्क्रमण देखिएको छ, सबैले सावधानी अपनाउन जरुरी भएको छ ।’सूचना अधिकारी भाटका अनुसार अहिले दैनिकरुपमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । हालसम्म सबैभन्दा बढी आदर्श गाउँपालिकामा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यसै गरी दिपायल सिलगढी नगरपालिकामा १०, पूर्वीचौकी गाउँपालिकामा चार, जोरायल गाउँपालिकामा दुई, सायल गाउँपालिकामा दुई तथा बोगटान फुड्सिल गाउँपालिकामा चार जनामा सङ्क्रमण पुष्टि भएको छ । एक सातामा २४४ जनाको एन्टिजेन र आठ जनाको आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले कडाइ गरे पनि त्यसको खासै असर नभएका कारण र नागरिकले सचेतना नअपनाएकाले कोरोना जोखिम बढ्दै गएको स्वास्थ्यकर्मीहरूले बताए ।

प्रतिक्रिया दिनुहोस