विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचलाई देश निकाला « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचलाई देश निकाला


३ माघ २०७८, सोमबार


काठमाडौँ । विश्व नम्बर एक टेनिस खेलाडी तथा सर्बियाली नागरिक नोभाक जोकोभिच अस्ट्रेलियाबाट देशनिकाला गरिएका छन् ।

३४ वर्षीय जोकोभिचको भिसा रद्द गर्ने सरकारको फैसलालाई संघीय अदालतले सदर गरेपछि उनलाई अस्ट्रेलियाबाट देशनिकाला गरिएको हो ।

सर्बियाली नागरिक जोकोभिचको भिसा रद्द गर्ने सरकारको निर्णयलाई अदालतले कानुनसम्मत भनेको छ ।

अदालतका तीन न्यायाधीशहरूले सर्वसम्मतिले उनको भिसा रद्द विरुद्धको अपिललाई खारेज गर्ने फैसला गरेका हुन् ।

अदालतको फैसलासँगै जोकोभिच अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिता खेल्न नपाउने भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस