निर्वाचन आयोगद्वारा सर्वदलीय बैठक आह्वान « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

निर्वाचन आयोगद्वारा सर्वदलीय बैठक आह्वान


२८ पुस २०७८, बुधबार


काठमाडौँ । निर्वाचन आयोगले सर्वदलीय बैठक आह्वान गरेको छ ।

आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले शुक्रबार दलहरूसँग परामर्श गर्न बैठक आह्वान गरेको जानकारी दिएका छन् ।

थपलियाले बैठकका मुख्य गरी तीन एजेन्डा भएको बताए । उनका अनुसार आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचन र हाल जारी रहेको मतदाता नामावली सङ्कलनबारे जानकारी गराउने तथा स्थानीय तहको मिति तय गर्नेबारे बैठकमा छलफल हुने छ।

‘मुख्य गरी निर्वाचनको वातावरण बनाउनका लागि हो,’ थपलियाले भने, ‘दलहरुले जे चाहन्छन् त्यसै अनुसार हामी मिति निर्धारण गर्छौँ ।’

बैठकमा सङ्घ र प्रदेशमा प्रतिनिधित्व गर्ने करिब १६ दललाई निमन्त्रणा गरिएको छ ।

आयोगका पदाधिकारीले गत ९ पुसमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर १४ वैशाख र २२ वैशाखमा स्थानीय चुनाव गर्न प्रस्ताव गरेका थिए । तर, सरकारले त्यसबारे अहिलेसम्म कुनै निर्णय गरेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस