पर्यटन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटना « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

पर्यटन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटना


२७ पुस २०७८, मंगलबार


धनगढी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी धनगढीमा दुर्घटनामा परेको छ।

मन्त्री आले चढेको सु.प. प्रदेश ०१–००१झ ३३३ नम्बरको गाडी मंगलबार राति धनगढी विमानस्थलनजिकको सडकमा दुर्घटनामा परेको हो।

कैलालीका एक उच्च प्रहरी अधिकारीका अनुसार सो गाडीलाई बा ४च १३७७ नम्बरको कारले ठक्कर दिएको थियो ।

विमानस्थलबाट बाहिरिने क्रममा उक्त निजी कारले मन्त्री आले चढेको गाडीलाई ठक्कर दिएपछि अगाडीको भागमा क्षति पुगेको छ ।

सवार रहेका मन्त्रीसहित सबै जना सकुशल रहेको र मन्त्री आले अर्को गाडी चढेर कञ्चनपुर गइसकेको ती अधिकारीले जनाकारी गराए

Tags :
प्रतिक्रिया दिनुहोस