काठमाडौँ । संरक्षित बन्यजन्तु गैंडाको खाग अवैध रुपमा बेच्न खोज्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँको बौद्धबाट एकथान गैंडाको खाग सहित ६ जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा काभ्रे घर भएका ४१ वर्षीय बिरमान तामाङ, ४२ वर्षीय बेद बहादुर दनुवार, २० वर्षीय नवराज गिरी र ३२ वर्षीय भिम तामाङ, पाँचखाल नगरपालिका–३ का ३१ वर्षीय सोहन कार्की र सिन्धुलीका ४१ वर्षीय भिम बहादुर थिङ रहेका छन् ।
गैंडाको खागको तौल १ किलो १० ग्राम छ । कारोबारीले सो खाग ४० लाखमा बेच्ने गरी ‘डिल’ गरेका थिए ।