मतदानमा स्वविवेक प्रयोग गर्नुस् : महामन्त्री कोइराला « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

मतदानमा स्वविवेक प्रयोग गर्नुस् : महामन्त्री कोइराला


२७ मंसिर २०७८, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले १४औँ महाधिवेशनका प्रतिनिधिलाई स्वविवेक प्रयोग गरेर मतदान गर्न आग्रह गरेका छन् ।

महाधिवेशनको मतदान स्थल भृकुटीमण्डपमा आज सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री कोइरालाले आफूले पनि तटस्थरुपमा आफ्नो स्वविवेक प्रयोग गर्ने भन्दै सबै मतदातालाई पनि स्वविवेक प्रयोग गर्न आग्रह गरे ।

उनले सभापति र पदाधिकारीका लागि हाल प्रतिस्पर्धामा रहेका कुनै प्यानलमा पनि आफू नरहेको र आफूले स्वतन्त्ररुपमा आफ्नो मतदानको प्रयोग गर्ने बताए ।

काँग्रेस महाधिवेशनअन्तर्गत आज मतदानको कार्यक्रम तोकिएको छ । बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि मतपत्र छाप्न ढिलाइ भएकाले ढिला गरी मतदान सुरु भएको हो ।

काँग्रेसको १४औँ महाधिवेशनका लागि चार हजार ७४३ जना महाधिवेशन प्रतिनिधि मतदाता छन् । यी प्रतिनिधिले आगामी चार वर्षका लागि काँग्रेसको नयाँ नेतृत्व छनोट गर्नेछन् ।

महाधिवेशनमा सभापतिका लागि काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, पार्टी उपसभापति विमलेन्द्र निधि, पूर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यद्वय डा. शेखर कोइराला र कल्याणकुमार गुरुङले उम्मेदवारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस