देउखुरी । दाङमा बोलेरो जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
हिजो (बिहीबार) बेलुका करिब पौने ८ बजेतिर घोराही–तुलसीपुर सडकखण्डको घोराही उपमहानगरपालिका–१६ कपासीमा रा १ च ३८५ नंको बोलेरोले रा ४ प ४०२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार घोराही–१६ का ४३ वर्षीय युवराज चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका चन्दलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याएलगतै चिकित्सकले मृत्यु भएको जानकारी दिएका थिए । ठक्कर दिने बोलेरो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।