काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले फुलकोर्ट बोलाएका छन्।
प्रधानन्यायाधीश जबराले बिहीबार दिउँसो बस्नेगरी बैठक बोलाएका हुन्। यता प्रधानन्यायाधीशप्रति असन्तुष्ट न्यायाधीशहरुले गोलाप्रथाको नियमावली र कार्यविधि परिवर्तन गर्ने तयारीमा छन्।
नेपाल बारले आज पनि सर्वोच्च परिसरमा प्रधान्यायाधीशविरुद्ध धर्ना जारी राखेका छन्।