काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्य रहेको जनाएको छ ।
बुधबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ। बिहीबार पनि देशको पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ।
शुक्रबारदेखि भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका भू–भागहरू सहित बाग्मती प्रदेश तथा प्रदेश १ का पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।