२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डुङ्गा दुर्घटनामा बेपत्ता बालकको अवस्था अझै खुल्न सकेन

अ+ अ-

बैतडी । महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा बेपत्ता भएका एक बालकको अवस्था अझै खुल्न सकेको छैन ।

गत कात्तिक १० गते शिवनाथ गाउँपालिका–१ स्थित महाकाली नदीको खाँडघाटमा डुङ्गा दुर्घटना हुँदा बेपत्ता भएका शिवनाथ–१ कै आठ वर्षीय सन्दीप साउद बेपत्ता भएका थिए ।

बेपत्ता भएको सन्दीपको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

सन्दीपको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिनाका साथै भारतीय प्रहरीसँगसमेत सहयोग मागिए पनि सन्दीप अझै फेला परेका छैनन् ।

डुङ्गा चढेर भारततर्फ गइरहेका बेला कात्तिक १० गते दुर्घटना हुँदा शिवनाथ–१ कै १३ वर्षीया मीना साउदको भने मृत्यु भएको थियो । दुर्घटनामा परेर बेपत्ता भएकी मीना पनि कात्तिक ११ गते महाकाली नदीको पारी भारतमा मृत फेला परेकी थिइन् ।

उनको सोही दिन भारतमै आफन्तले अन्तेष्टी गरेका थिए । दश जना सवार डुङ्गा पल्टिँदा आठ जना पौडिन सफल भएका थिए ।

पूजाका लागि शिवनाथ आएका चक्रसिंह साउदको परिवार लामो समयदेखि भारतको पन्जाबमा बस्दै आएकाले कात्तिक १० गते भारत जान लागेका बेला डुङ्गा दुर्घटनामा परेको थियो ।

महाकाली नदीमा पुल नहुँदा तल्लो सोराडका स्थानीयवासी जोखिम मोलेर डुङ्गाबाट महाकाली नदी तर्दै आएका छन् ।

जिल्लाको शिवनाथ र पञ्चेश्वर गाउँपालिका भारतसँग जोडिएको छ । भारत आवतजावत गर्दा महाकाली नदीमा पुल नहुँदा डुङ्गाको सहायताले स्थानीयवासी वार पार गर्ने गर्दछन् ।