२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दश बुँदे कार्यान्वयनमा समस्या छैन: महासचिव पोखरेल

अ+ अ-

चितवन । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टीमा १० बुँदे कार्यान्वयनको विषयमा कुनै समस्या नरहेको बताएका छन्।

आज यहाँ पत्रकारहरुसँग कुरा गर्दै उनले १० बुँदे समझदारी आधारभूत रुपमा कार्यान्वयनमा आइसकेको बताए ।

‘१० बुँदे समझदारी आधारभूत रुपमा कार्यान्वयनमा आइसकेको छ’, उनले भने, ‘कहीकतै समस्या भए त्यसलाई पार्टीले समाधान गर्छ ।’ महाधिवेशनमा आफ्नो उम्मेदवारीको विषयमा टुङ्गो लागि नसकेको महासचिव पोखरेलले बताए ।

वरिष्ठ उपाध्यक्षमा तपाईँको उम्मेदवारी हो भन्ने पत्रकारको जिज्ञासामा उनले भने, ‘सल्लाह हुन बाँकी नै छ ।’ नेकपा एमालेको १०औँ महाधिवेशनको तयारीको अवस्था बुझ्न पोखरेलसँगै महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा, सह–संयोजक सुरेन्द्र पाण्डे, पार्टीका उपमहासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य विष्णु रिमाल, शङ्कर पोखरेल, योगेश भट्टराई र प्रदीप ज्ञवाली आएका छन् ।

यसै गरी विदेश विभाग प्रमुख राजन भट्टराई, केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङ पनि आज चितवन आएका हुन् । उनीहरुले महाधिवेशनको उद्घाटन सत्र हुने भनिएको नारायणी नदी किनारको स्थलगत रुपमा अवलोकन गरी आवश्यक जानकारी लिएका छन् ।

बन्द सत्र गर्न लागिएको सौराहाको बाघमारा चौरसहितका अन्य क्षेत्रको पनि आज अवलोकन गरी छलफल गर्ने कार्यक्रम रहेको जिल्ला अध्यक्ष पार्वती रावलले बताइन् ।

उद्घाटन सत्रमा देशैभरबाट नेता कार्यकर्ता ल्याउने पार्टीको योजना छ । बन्द सत्रमा दुई हजारको हाराहारी सदस्य रहनेछन् । नेकपा एमालेको आगामी मङ्सिर १० देखि १२ गते सम्म महाधिवेशन हुँदै छ ।