२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सचिव सरुवा हुँदै

अ+ अ-

काठमाडौँ । सरकारले केही सचिवहरूको सरुवाको तयारी गरेको छ ।

गत सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकमा सचिवहरूको सरुवाबारे छलफल भएको छ ।

छलफलका क्रममा केही समयअघि मात्रै बढुवा भएका सचिव रबीलाल पन्थ, गण्डकी प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मी र शिक्षा सचिव राम प्रसाद थपलियाको सरुवा गर्ने भनिए पनि सर्वसम्मत मिलाउन नसकेपछि निर्णय गर्न भने सकिएको छैन ।

एक मन्त्रीका अनुसार अतिरिक्तमा रहेका पन्थलाई गण्डकी प्रदेशको प्रमुख सचिवमा पठाएर त्यहाँका डा. रेग्मीलाई शिक्षा मन्त्रालय या पर्यटन मन्त्रालयमा सरुवा गर्ने र शिक्षामा सरुवा भएको अवस्थामा कार्यरत सचिव थपलियालाई युवा तथा खेलकुद मन्त्रालयमा पठाउने भनिएको थियो ।

युवा तथा खेलकुद मन्त्रालयका तत्कालीन सचिव केदार न्यौपाने अनिवार्य अवकाशमा गएसँगै सो पद रिक्त रहँदै आएको छ । यसअघि पनि खेलकुदबाटै आएकोले पुनः खेलकुद नफर्किने बताएपछि थपलियालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेर त्यहाँस्थित कुनै सचिव या सरुवाका क्रममा अन्य सचिवहरुकोसमेत सरुवा हुन सक्ने भएकोले यसरी सरुवा हुनेमध्येबाट एकलाई खेलकुद पठाउने छलफल भएको छ ।

अतिरिक्तमा रहेका सचिव पन्थलाई व्यवस्थापन गर्ने क्रममा तीन–चार जना सचिवको सरुवा हुन सक्ने भनिए पनि सरुवा खोज्ने सचिव र रोज्ने मन्त्री तथा अन्य शक्तिकेन्द्रको दौडधुप बढेसँगै सरुवा हुने सचिवको सङ्ख्या दर्जन बढी पुग्न सक्ने प्रधानमन्त्री सचिवालय स्रोतले प्रशासनलाई जानकारी गराएको छ ।

यसअघि पनि चार–पाँच जना सचिवको सरुवा सूची तयार भएको थियो, ती अधिकारी भन्छन् तर सत्ता गठबन्धन दलका मुख्य नेताहरूको दबाबले उक्त सरुवा रोकिएको थियो ।

पछिल्लो पटक आधा दर्जन सचिवहरूको सूची तयार भए पनि गठबन्धनका सबैले भनेको अनुसार मिलाउन नसक्ने भएपछि निर्णय सार्वजनिक गर्न नसकिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस