‘अक्षता’ र ‘अक्षय’ विमोचित « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

‘अक्षता’ र ‘अक्षय’ विमोचित


२२ कार्तिक २०७८, सोमबार


काठमाडौँ । शर्मिला तिमल्सिनाको ‘अक्षता’ र अम्बिका धितालको ‘अक्षय’ बाछिटा कृति विमोचन गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा. डा. हेमनाथ पौडेलको प्रमुख आतिथ्यमा भूगोल साहित्य समाजको प्राङ्गणमा आइतबार उक्त कृति विमोचन गरिएको थियो ।

बाछिटा प्रतिष्ठानद्वारा आयोजित उक्त विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रा.डा. पौडेलले एघार अक्षरको संरचनामा निर्माण भएको बाछिटा विधालाई प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित गर्न पहल गर्ने बताए ।

बाछिटा प्रवर्तक अमर त्यागीले बाछिटा विधा सुरु भएको छोटो समयमा नै आशा गरे भन्दा बढी बाछिटाकारहरूको उदय भएको र सो विधा प्रतिकात्मक र बिम्बात्मक हुनु पर्ने धारणा राखे ।

‘अक्षता’ कृतिकी स्रष्टा शर्मिला तिमल्सिनाले बाछिटा लेख्ने महिलाहरूको सङ्ख्या बढी भए पनि कृति समावेशमा भने महिलालाई शून्य सिटमा समेत राखिएको तीतो यथार्थ र उपल्लो दर्जामा समेत महिला न्यून रहेकोमा दुःख व्यक्त गर्दै कानुनले उपलब्ध गराएको कोटा समावेश गर्दै महिलाहरूलाई साहित्य र विविध पक्षमा समेत उत्थान गर्नुपर्ने बताइन् ।

समारोहमा शेष पौडेल, नारायण गैरे, चेतनाथ धमला, खगेन्द्र बस्याल, विष्णु भट्टराई ले आ–आफ्ना धारणाहरू राखेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस