‘तिहारले स्नेह गाढा बनाउँछ’: राष्ट्रपति भण्डारी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

‘तिहारले स्नेह गाढा बनाउँछ’: राष्ट्रपति भण्डारी


१८ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मौलिक सांस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणी जगत्को अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्ने बताएकी छन् ।

तिहारको शुभकामना दिँदै राष्ट्रपतिले भनेकी छन्, ‘तिहार पर्वले दिदीबहिनी तथा दाजुभाइबिचको आपसी स्नेहलाई गाढा बनाउँदछ ।’

उनले नेपालीको महान् चाड तिहार, २०७८ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले तिहारको अवसरमा देउसी भैलो खेल्ने संस्कृतिले बृहत् सामाजिक एकतालाई प्रगाढ बनाउन मद्दत पुर्‍याउने बताएकी छन् ।

उनले तिहार पर्वले सम्पूर्ण नेपालीबिच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गरेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस