काठमाडौँ । सरकारले महेश्वर काफ्ले र वामदेव अधिकारीलाई उपमहालेखा परीक्षकमा बढुवा गरेको छ ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले महालेखा परीक्षकको कार्यालयमा रिक्त उपमहालेखापरीक्षक राजपत्रांकित विशिष्ट श्रेणीका पदमा काफ्ले र अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको हो ।
बैठकले नेपाली सेनाका उपरथी सरोजप्रताप राणालाई रथीमा बढुवा गरेको छ भने प्रधानसेनापति महारथी प्रभुराम शर्मा नेतृत्वको भ्रमण दललाई भारत भ्रमणको स्वीकृति दिने निर्णय गरेको छ ।