विराटनगर विमानस्थल सफाइ सुरु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

विराटनगर विमानस्थल सफाइ सुरु


५ कार्तिक २०७८, शुक्रबार


विराटनगर । बाढी पसेर अवरुद्ध भएको विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालन हुने तयारी भइरहेको छ।

बुधबारदेखि डुबान भएको रहेको विमानस्थल आज (शुक्रबार) सरसफाइ सकेर भोलि (शनिबार) बिहानसम्म सञ्चालनमा ल्याउने तयारी रहेको विराटनगर विमानस्थल प्रमुख उत्सव खरेलले जानकारी दिए।

‘पानी घटिसकेकाले टर्मिनल भवन सरसफाइ भइरहेको छ‚’ उनले भने, ‘त्यस्तो कुनै समस्या आएन भने भोलि (शनिबार) बिहानसम्म नियमित उडान भर्ने तयारी गरेका छौँ।’

विमानस्थल मंगलवार दिउँसो ४ बजेपछि उडान र अवतरण बन्द भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस