फार्मेसी अधिकृत अधिकारी अयोग्य ठहरिने गरी सरकारी सेवाबाट बर्खास्त « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

फार्मेसी अधिकृत अधिकारी अयोग्य ठहरिने गरी सरकारी सेवाबाट बर्खास्त


२१ आश्विन २०७८, बिहिबार


काठमाडौँ । फार्मेसी अधिकृत श्यामकुमार अधिकारीलाई सरकारी सेवाबाट बर्खास्त गरिएका छन् । उनलाई भ्रष्टाचार गरेको कसुरमा भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार सूचना जारी गर्दै उनलाई लोक सेवा आयोगको उजुरी तथा विभागीय सजाय परामर्श शाखाको असोज १४ को परामर्श अनुसार स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४ को उपदफा २ को खण्ड ख अनुसार भ्रष्टाचार कसुरमा बर्खास्त गरिएको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस