शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा आइईएमआइएसमा विवरण अद्यावधिक नगर्ने विद्यालयको सूची सार्वजनिक « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा आइईएमआइएसमा विवरण अद्यावधिक नगर्ने विद्यालयको सूची सार्वजनिक


१९ आश्विन २०७८, मंगलबार


काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आइईएमआइएस) अद्यावधिक नगर्ने विद्यालयको सूची सार्वजनिक गरेको छ ।

केन्द्रले सबै विद्यालयलाई आइईएमआइएस अद्यावधिक गर्न पटक पटक सूचित गर्दै आए पनि विद्यालयले अद्यावधिक नगरेपछि विद्यालयको नामावली सार्वजनिक गरेको हो ।

केन्द्रमा विद्यालयले विवरण पठाउन नसकेकाले विवरण अद्यावधिक गर्न बाँकी रहेका विद्यालयलाई सहजीकरण गर्न सबै स्थानीय तहलाई निर्देशनसमेत दिएको छ ।

आवश्यक समन्वय एवम् सहजीकरण गर्न केन्द्रले शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ । सार्वजनिक भएका विद्यालय बाहेक अन्य विद्यालय सञ्चालनमा भए नभएको विवरण पेस गर्न केन्द्रले सबै स्थानीय तहलाई सूचित गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस