काठमाडौँ । केही सहसचिवहरूको सरुवा सच्याइने भएको छ । दुई साता अघि सरुवा गरिएका ८५ जना सहसचिवहरूको सूचीमा समावेश दर्जन बढी सहसचिवहरूको सरुवा बिग्रेकोले सो सच्याउन लागिएको सिंहदरवार उच्च स्रोतले प्रशासनलाई जानकारी दिएको छ ।
सम्बन्धित समाचार : ८५ सहसचिवको सरुवा नामावलीसहित
‘कतिपय ओएण्डएम नै नभएको ठाउँमा पनि पोस्टिङ पर्न गएको रहेछ’ ती स्रोतले भने, ‘कतिपयको हकका केही प्राविधिक रूपले पनि नमिलेकोले सो मिलाइन लागेको हो ।’