गुल्मीमा चट्याङ लागेर ९ जना घाइते « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

गुल्मीमा चट्याङ लागेर ९ जना घाइते


१४ आश्विन २०७८, बिहिबार


गुल्मी । गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर ३ स्थित तोरीपाटामा चट्याङ लागेर ९ जना घाइते भएका छन्।

हिजो (बुधबार) साँझ ६ बजे चट्याङ पर्दा घरमै बसेकाहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए।

घाइतेमध्ये ६ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र ३ जनालाई थप उपचारका लागि जिल्ला अस्पताल तम्घासमा ल्याइँदै गरिएको छ। इस्मा गाउँपालिका क्षेत्रमा हिजोदेखि नियमित पानी परिरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस