काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा प्रेम प्रसाद भट्टराई नियुक्त भएका छन् । बिहीबार नै उनले विभाग पुगेर पदभार ग्रहण गरिसकेका छन् ।
सरकारकै शक्तिशाली निकायमध्ये एक मानिने विभागमा जान उनी लागिपरेको सहसचिवहरूको सरुवा अघि नै प्रशासन वृत्तमा चर्चा चलेको थियो । यसअघि भक्तपुरको प्रमुख जिल्ला अधिकारी(प्रजिअ) रहेका भट्टराईलाई ठुलै शक्तिले विशेष इन्ट्रेष्टमा त्याहा पुर्याएको चर्चा सिंहदरवारमा छ । उनीलगायत केही सहसचिवहरुलाई जसरी पनि भनेको ठाउँमा पठाउनु पर्ने दबाबपछि केही समय सरुवा नै रोकिएको थियो ।
महानिर्देशकमा पठाइएका भट्टराई छ महिनामै हटाइएका तत्कालिन महानिर्देशक गजेन्द्र ठाकुर भन्दा अघिल्ला महानिर्देशक रूपनारायण भट्टराईका आफ्नै भाइ हुन् ।
पछिल्लो समय विभागमार्फत अनुसन्धान गर्न भन्दा अनुसन्धानमा रहेका ठुला फाइलहरू मिलान तथा विरोधीलाई तह लगाउने ठाउँका रूपमा चित्रित गरिँदै आएको विभाग स्रोत बताउँछ ।