३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुनर्वास काण्डको डेढ महिना बितिसक्दा पनि सीमानाका सामान्य बनेन्

अ+ अ-

भीमदत्तनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजारमा भारतीय सुरक्षाकर्मीको गोली लागेर एक नेपालीको मृत्यु भएपछि तनाव उत्पन्न भइ बन्द भएको सीमानाका अझै सहज बन्न सकेको छैन ।

नेपाल–भारत सिमानामा पर्ने खोलामा कल्र्भट निर्माणका विषयलाई लिएर भारतीय सुरक्षाकर्मीले गोली चलाउँदा गोबिन्द गौतमले शहादत प्राप्त गरेपछिका तनावपूर्ण बनेको स्थिति अझै पूर्णरुपमा सामान्य बनिसकेको छैन । घटना भएकै दिन स्थानीय प्रशासनले तत्कालका लागि सो क्षेत्रका सीमानाका बन्द गरेपछि अहिले स्थानीय सङ्घर्ष समितिले सीमाको अवरोध जारी राखेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले बताए ।

सो क्षेत्रको नाका सहज नहुँदा भारतीय सीमावर्ती बजार बढी प्रभावित बनेको पुनर्वासका स्थानीयको भनाइ छ ।

“घटना भएकै दिन केही समयका लागि नेपाल–भारत सीमानाकामा आवागमन रोकिएको हो”– प्रमुख जिल्ला अधिकारी खनालले भने, “हाल आएर स्थिति सामान्य बने पनि सीमानाकाबाट नेपाल–भारत आवागमन त्यति सहज बन्न सकेको छैन ।” घटनापछि स्थानीय सङ्घर्ष समिति बनाएर सीमा व्यवस्थापनका साथै पीडित परिवारलाई क्षतिपूर्ति दिलाउन गठित समितिले नेपाल–भारत सीमानाका आवागमनमा सहजता ल्याउनतर्फ जोड दिनुपर्ने स्थानीय प्रशासनको भनाइ छ ।

“नेपाल–भारत संयुक्त सर्भे टिमले हराएका सीमास्तम्भलगायत सीमा व्यवस्थापनका लागि सो क्षेत्रमा अहिले पनि स्थलगत काम गरिरहेको छ”– खनालले भने, “सीमानाका सहज बनाउन स्थानीयले पनि अब सहयोग गर्नुपर्छ ।” सो क्षेत्रको नाका सहज नहुँदा भारतीय सीमावर्ती बजार बढी प्रभावित बनेको पुनर्वासका स्थानीयको भनाइ छ । नेपालका ग्राहकमा आश्रित सीमावर्ती भारतीय बसही, सम्पूर्णानगर, खखुरिया लगायतका बजार प्रभावित बनेका छन् । उता भारतीय नागरिक पनि दक्षिण क्षेत्रका सीमानाकाबाट नेपाल आउन सकिरहेका छैनन् । रासस

प्रतिक्रिया दिनुहोस