२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालमा पहिलो पटक अटिजम विशेष विद्यालय

अ+ अ-

चितवन । भरतपुर महानगरपालिका–१० बालमन्दिर आधारभूत विद्यालयमा अटिजम विशेष विद्यालय स्थापना गरिएको छ । यस विद्यालयमा अटिजम भएका बालबालिकालाई पठनपाठन गराइने छ । विद्यालयको आज एक समारोहबीच उद्घाटन गरिएको हो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विद्यालयको उद्घाटन गर्दै नेपालमा नै पहिलो पटक अटिजम विशेष विद्यालय स्थापना गरिएको बताइन् । अटिजम भएका बालबालिकाको अभिभावकले दुःख बेहोर्नु परेको भन्दै उनले यसलाई व्यवस्थित बनाइने जानकारी दिइन् । उनले भनिन् ‘अटिजम साँच्चै पीडादायी समस्या हो । यसले घर परिवार आफन्तलाई समेत ठूलो समस्या दिँदै आएको छ ।’ यो समस्या केही हदसम्म न्यूनीकरण गर्नका लागि यो विद्यालय स्थापना गरिएको हो ।

कार्यक्रममा उपप्रमुख पार्वती शाह ठकुरीले यो काम जटिल भए पनि प्रत्यक्ष रुपमा बालबालिका लाभान्वित हुने भएकाले आवश्यक सहयोगका लागि सबैसँग अनुरोध गरिन् । सो अवसरमा जिल्ला समन्वय समिति चितवनका उपप्रमुख मुनाकुमारी श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडा, महानगरका प्रवक्ता अरुणपीडित भण्डारी, नेपाल बाल सङ्गठनका अध्यक्ष रविकिरण पौडेल, अटिजम केयर सोसाइटी चितवनका प्रमिला न्यौपाने लगायतले बोलेका थिए ।

महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले अटिजम जन्मजात अपाङ्गता भएको भन्दै उमेर विकाससँगै अन्य सीपमा विकास हुन कठिनाइ भएर कुनै पनि क्रियाकलाप दोहोर्‍याउने कार्य यस्ता बालबालिकाले गर्ने बताए । उनीहरु एक्लै बस्न रुचाउने, अर्काले बोलाउँदा राम्रोसँग नबोल्ने जस्ता समस्या हुने गरेको उनले बताए ।

विशेष शिक्षा प्रणालीबाट उनीहरुको पढाइ गर्ने भन्दै उनले नेपालमा नै पहिलो पटक भरतपुर महानगरपालिकाले अभिभावकत्व ग्रहण गरेर विद्यालय सञ्चालनमा ल्याएको बताए । महानगर क्षेत्रभित्र मात्र ४० जना हाराहारी यस्ता बालबालिका हुने अनुमान गरिएको छ । ती बालबालिकालाई दिउँसोको समयमा खाना, पढाइसँगै स्याहारसुसार गरिने छ । विद्यालय सञ्चालनका लागि चालु आर्थिक वर्षमा रु १८ लाख खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस