काठमाडौँ उपत्यकामा भेरोसेलको दोस्रो डोज भदौ ९ गतेदेखि दिइने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

काठमाडौँ उपत्यकामा भेरोसेलको दोस्रो डोज भदौ ९ गतेदेखि दिइने


३ भाद्र २०७८, बिहिबार


काठमाडौँ । काठमाडौँ उपत्यकामा मा कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएका नागरिकले भदौ ९ गतेदेखि दोस्रो डोज पाउने भएका छन् ।

स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख खड्काका अनुसार साउन १४ गतेदेखि भेरोसेलको पहिलो डोज लगाई तीन हप्ता पूरा भएका २ लाख १६ हजार नागरिकहरुलाई दोस्रो डोज दिइने छ ।

काठमाडौँ जिल्लाका १४४ खोप केन्द्रबाट भेरोसेलको दोस्रो डोज दिइने खड्काले बताएका छन् ।

भेरोसेलको दोस्रो डोज खोप लगाउन पहिलो डोज खोप लगाएको खोप कार्ड लिएर जानुपर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस